मेयर साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा
धरान | बैशाख ७, २०८०
धरान: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।
वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङको भनाइ छ ।
"कसैले 'म बैठक बस्दिनँ' भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ," उनले भनेका छन् ।

मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफूले गरेका काम कारबाही तुरुन्तै सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।
"वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत निर्देशन दिन्छु," उनले भनेका छन् ।
यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरू राजीनामा मागेका थिए ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

